१२ महिनामा सर्वाधिक कमाइ गर्ने फिल्मकी नायिका बनिन् तापसी

नायिका तापसी पन्नुको क्रेज बलिउडमा चुलिँदै गएको छ । तापसीको स्पष्ट बोल्ने शैली र फरक कथामा रुचिका कारण पनि उनी चर्चित छिन् ।

उनै नायिकाको पछिल्लो एक वर्षमा पाँचवटा चलचित्र रिलिज भएका छन् । यी ५ चलचित्रको व्यापारिक आँकडा हेर्ने हो भने तापसी, सर्वाधिक कमाइ गर्ने बलिउड नायिका बनेकी छिन् ।

तापसीले यो कुराको जानकारी पाएसँगै लेखेकी छिन्–‘ओहो, राम्रो । मलाई यो कुराको महसुस नै भएको थिएन । मलाई लाग्छ कि क्वारेन्टिनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा सम्झिएर खुसियाली मनाउन आवश्यक छ ।’

तापसीले अभिनय गरेका पछिल्ला पाँच चलचित्रहरूमा ‘बदला, गेम ओभर, मिसन मंगल, साँड कि आँख, थप्पड’ छन् । ‘गेम ओभर’ बाहेक तापसीका सबै चलचित्रलाई समीक्षकले पनि रुचाएका थिए ।

तापसी चलचित्रको पर्दामा आफूलाई फरक पात्रको रुपमा प्रस्तुत गर्न अग्रसर छिन् । यसैले पनि उनलाई फरक–फरक भूमिकामा दर्शकले पर्दामा हेर्न पाएका छन् ।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

50 Views