भदौ १ गतेदेखि आन्तरिक उडान सुरू हुने

काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो । आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक  उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ ।
त्यसैगरी हरि बस्याललाई सञ्चार सचिवमा सरुवा गरिएको छ । बस्याल यसअघि गण्डकी प्रदेशका सचिव थिए ।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

62 Views