बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो ।

वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै बन्द गर्न समितिलाई दबाव दिए । बीमा समितिले पनि तत्कालै कोरोना बीमा पोलिसी बन्द भएको घोषणा गर्यो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ गते बजेट भाषणमा नै भनेको अर्थात राज्यको प्राथमिकतामा परेको कोरोना वीमा कार्यक्रम एक्कासी बन्द भएपछि सबैको चासो हुने नै भयो । तथापि बजेट कार्यान्वयनमा नै ठाडो चुनौती दिएर बन्द भएको कोरोना बीमा कार्यक्रम शुक्रबार पुनः सुचारु भएको छ ।

कोरोना पोजिटिभ आए एक लाख रुपैयाँसम्मको जोखिम बहन गर्ने यो कार्यक्रम बन्द हुनुको प्रमुख कारण थियो, संक्रमितको संख्या धेरै हुनु । तर, कोरोना बीमा बन्द हुनुको अर्को कारण पनि चर्चामा आएको छ ।

तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा मन्त्रिपरिषदबाट नियुक्ति पाएका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र अर्थमन्त्री डा. युवराज खतिवडाको खासै राम्रो सम्बन्ध छैन ।

कोरोना बीमा पोलिसी बन्द भएपछि सरकारको कार्यक्रमलाई धक्का लाग्यो । र, अर्थमन्त्रीकै दबावमा पुनः यो सुचारु भएको छ । भोलि अप्ठेरो परेमा सरकारले सहयोग गर्ने अर्थमन्त्रीले बीमा समितिलाई वचन दिएपछि कोरोना वीमा कार्यक्रम फेरि सुचारु हुने भएको हो ।

आखिर विहीबार अकस्मात् कोरोना बीमा किन बन्द भयो ? अनि एकदिन पनि नबित्दै किन निर्णय फिर्ता भयो ? यिनै विषयमा हामीले वीमा समितिका अध्यक्ष चापागाईंसँग कुराकानी गरेका छौं ।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

35 Views