फेरियो जनै, बाँधियो रक्षाबन्धन (फोटो फिचर)

काठमाडौं । हिन्दु धर्म संस्कृतिअनुसार जनै पूर्णिमा तथा रक्षाबन्धन सोमबार मनाइएको छ । आजै तराईबासीले राखी पनि मनाएका छन् ।

हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ ।

ad
ad

आज राजधानीको विभिन्न धार्मिक पीठ तथा देवालयमा हिन्दु धर्मावलम्बीहरू जनै तथा रक्षाबन्धन लगाउन आएका भेटिए ।  राजधानीको पशुपतिनाथ, कलंकीमाई तथा मातातिर्थमा जनै फेर्न तथा स्नान गर्न आएको भेटिए ।

यो वर्ष विश्वव्यापी महामारी कोभिड-१९ का कारण गत वर्षको तुलनामा धेरै मनिस देखिएनन् । जनै तथा रक्षा बन्धन गर्न र स्नान गर्न आएकाहरू पनि कतै मास्क लगाएका भेटिए, कतै मास्कबिना त्यो पनि भिड गरेर ।

बाह्रखरीकर्मीहरु पशुपति पुग्दा भक्तजनहरु मास्कबिनै भेटिए, गुरूहरू मास्क लगाएका भेटिए । कलंकीमा कमैले मात्र मास्क लगाएको देखियो । मातातिर्थमा भने मास्क लगाएरै जनै फेर्दै गरेका थिए ।

आजै बिहान चोखो भई जनै लगाएर घरमा क्वाँटी पनि खाने चलन छ । बाह्रखरीकर्मी सुनील प्रधान र हरिशजंग क्षेत्रीले खिचेका थप तस्बिर :

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

59 Views