अपडेट :भ्राष्टाचार को अखेडा बन्दै सुर्मा गाउपालिका (कारेकर्ता पाल्ने बजेट)

स्थानीय तहको निर्वाचन भएको तीन बर्ष भइसक्दा पनि त्यहाका जनताहरुले बिकास भएको छ भनेर महसुस गर्न पाइरहेका छैनन।अहिलेसम्म जसरी बिकास हुनुपर्ने थियो,त्यसरी बिकास नभएको स्थानीय बासिन्दा हरुको गुनासो छ।यसरी बिकास नहुनुको मुख्य कारण भ्रष्टाचार र आर्थिक अनियमितता तथा स्थानीय सरकारले पारदर्शी ढंगले काम गर्न नसकेको र अनुगमनमा लापरबाही भएकाले अहिले त्यहाका जनताले दुखेसो गर्ने गरेका छन।चुनावको बेला भोट माग्न जादा जुन आश्वासन दिनु भएको थियो त्यो तरिकाले काममा एकरुपता हुन नसकेको भन्दै त्यहाका जनताहरुले भन्न थालेका छन ।सानो र सुन्दर भौगोलिक अवस्था भएको यस गाउपालिकामा जम्मा पाँच वटा वडा हरु रहेका छन,जसमध्ये बिकासको नाममा वडा न.४ बाहेक अरु वडा हरुमा त्यस्तो प्रभावकारी ढंगले काम हुन सकेको छैन।यसरी काम नहुनको अर्को कारण जनप्रतिनिधि हरु दैनिक रूपमा कार्यालयमा उपस्थित नहुन,कर्मचारीको लापरबाही,कर्मकारी हरुले जनप्रतिनिधि हरुलाई नटेर्नु कमिसनको खेलमा लिप्त हुनाले अझै पनि बिकास नहुने होकि भनेर स्थानीय हरुमा निराशा छाएको छ।केन्द्र,प्रदेश र स्थानीय तह बाटै बिनियोजित हुने बिकासे बजेट हरुमा योजना बनाएर गाउपालिकामा आउँदा जनप्रतिनिधि हरु तथा प्राबिधिक हरुले उपभोक्ता तथा ठेकेदार हरु बाट कमिसन माग्ने गरेको स्थानीय जनताले बताएका छ्न।त्यस्तै प्रदेश र केन्द्र बाट आउने बजेटमा पनि कमिसनको लेनदेन गरेर योजना बनाउने र योजना पास गराउने गरेको दुखेसो स्थानीय हरुले बताउदै आएका छन।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

497 Views